Sonntag, 21. Dezember 2008

घडी रोकिएको पुर्व संकेत

घडी रोकिएको पुर्व संकेत

रात झनै मध्यरातमा परिवर्तन हुँदैछ
बिहानि को आशामा सडकमा रगत बगाउने हरु
अझै जँगल भित्र गायब हुँदै छन
यो औशीको लामो रात्री प्रहर
सम्झु त तुवालोले ढाकेको दिन
उज्ज्यालो निसाम्मै छैन स्रिफ उज्ज्यालोको स्तुतिमा
दिन झन रात जस्तै बन्दै छ
आशा को प्रती र किन गरीराखेका छौ
जनताका छोरा हरुलाई जनताले तर्साउन थाले पछी
जनताका छोराहरुले नै जनतालाई भ्रममा राखेपछी
विश्वासको प्रती ? किन बनायौ ?
अझै नेपाली आँखा पुत्र बियोगले बर्सिन्छ भने
दिन दहाडै डकैत अपहरण हत्या बडदैछ भने



जव जब जनताका छोराहरु सार्वभौम सत्ताका डिँगा मार्छन्
तब तब सार्वभौम जनता दिनदहाडै गेडिने गर्छन्
डिँगा मार्ने गेडने , गेडिने सबै सबै जनता
दु:ख झेल्ने आफ्ना गुमाउने , अधिकार बिहिन पनि जनता
कँहा फिराद पत्र लिएर जाने अव
------- चोर भन्ने ठाउँ छैन अव
हाम्रो फिराद पत्र बुझाउने ठाउँ छैन अव
त्यो ठाउँमा त डुकुलन्ट्ठु जनताका छोराहरु छन
जनता मार्दै डकैत गर्दै खाने हरु छन
दिन दहाडै अनेक उपनाम दिई लुटने हरु छन
रात मध्य रात को प्रहर बड्दो छ घडी रोकिएको छ
अव यस्तो लाग्छ कहिले उज्ज्यालो हुँदैन
पुन तियानमियान चोकको नियती नभोगी ।।



घडी रोकिएको छ जनदुहाइ सुन्ने श्रीपेच संग्राहलयमा छ
घडी रोकिएको छ सुशासन गर्ने राजदण्ड जनताको हात मा छ
अव राजदण्डले होइन बन्दुक को नाल ले शासन गर्दै छ
त्राश बढदो छ दिन निसासी लाग्दो कठोर
रात काल्रात्रीमा मडारिदै बज्रदै छ
अनेक झुण्डहरु को समुहले कानुनी राज्यको खिल्ली उडाउदै छ
जतातत्तै नरसिनोले नवइदियामिनको घोषणा गर्दै छ
साच्चै नै सान्ति क्षेत्रलाई नरबधशाला मा तब्दिल गर्ने हरु
सत्तसिन भै सकेका छन
घडी रोकीइ सकेको छ
नयाँ नेपालको नामले

- अशोक '' खालान को मान्छे ''
फ्रान्क्फर्ट जर्मनी

Samstag, 15. November 2008

उस्तै प्रेम, उस्तै सपना र उस्तै शान्ति

उस्तै प्रेम, उस्तै सपना र उस्तै शान्ति

अशोक खलान को मान्छे
४ अप्रिल
डार्मस्टा




ए माली बिना उम्रीएका वर्णसंकर फूलहरु
कसरी आयतित प्रकोप फैलाई मेरो आधी फुलबारीमा
तिम्रो सड्ने बिसादीले मेरा फूलहरु त्रस्त छन आजकाल
हिजोसम्म मेरा फूलहरुले त शान्तीका गीत गाउँथे
प्रगतिका सपनादेखी मेरा फूलहरुले पसिना बगाउथे



आजकल मेरा फूलहरु दिनानुदिन विचार सुन्य हुँदै छन्
आफ्नै वागलाई भत्काएर आयातित छलाङका कुरा गर्दै छन्
प्रेम अहिंशा सदाचारको तपोभुमी हो मेरो फुलबारी
यस्को रंगी बिरंगी आधी फुल हरु बिदेशिदै छन्
आफ्नै मालीलाई लत्याइ उर्बता बिगार्दै छन्
उर्बर भुमी बेगर फुल ले कसरी पालुवा खेल्न सक्छ र
आयातित बिसादिको प्रयोगले बलौटे माटोमा केही वेर उर्वर देखियला
तर विसादीको रस पागो माटो मा पर्न नपाओस
यसले भुमीको उर्वरतालाई बिगारी बन्झर बनाउछ
होसियार मेरो तपस्वी आधी फुलहरु हो
बर्णसंकरको आक्रमणलाई निस्तेज पार्ने बेला हो यो
यती बेला तिम्रो फुलबारीलाई तिम्रो मोहोर को खाचो छ
त्यो मोहोर आत्मादेखी शान्ती अहिंशाका पूजारीलाई लगाइदेउ
देखाइदेउ आशु तडप र बेदनाका घाऊ भर्नेहरुलाई
ए मेरा फुलबारीका रँगी-बिरँगी फुलहरु हो
यो युगको माग अझै आफ्नै सभ्यता र सस्कृतिमा रमाउदै
प्रगती का हातेमालो मा मालश्री को धुन बजाउने हो
कठपुतलिका खेल रच्ने भ्रामिक जादुगर संग बच्ने बेला हो
यती बेला सडक गल्ली चौबाटो दोबाटोमा
मिथ्याजाल फ्याक्ने दुष्ट संग बिचारको लडाईं लड्नु पर्छ
ए डराएका फुलहरु हो नरोउ एक चोटि सत्य चिन्नु पर्छ
प्रेम बिना बिग्रिएको हाम्रो फुलबारीको यो दशा
सुरु भएको धेरै भएको छैन आयातित विषादी परे देखी
हामी क्षेत बिक्षेत भएउ फुलबारीमा अंकमाल गर्न नसक्दा
आयातित विषादी नपिउने संकल्पमा शान्ती पुत्र लाई मोहोर लगाइदिउ
अनी फूल र मालीबिचको उस्तै प्रेम उस्तै सपना उस्तै शान्ती फर्काइदेउ ।

फेरी एउटा पाटन उठनु परेको छ

विरोध का लागी विरोध होइन
सुमार्ग निर्देशनको आवाजका लागी
फेरी एउटा पाटन उठनु परेको छ ।
आठ दल को बहुलठ्ठी निर्णय हरु सुधार्न का लागी

नेपालयको समग्र उन्नती को निम्ती

लोकतन्त्र´को बलियो जग खन्न को लागी
फेरी एउटा पोखरा मा लहर चल्नु परेको छ
जनमत संग्रह को अधीकार छुटाउने लाई नङगाउने परेको छ

जनता रैती र दाश होइन न भाँडा को राजनिती कार्यकर्ता
सार्भभौम नेपाली जनता यो सत्य महसुष गराउनु परेको छ
त्यसैले फेरी एउटा सुनसरी जाग्नु परेको छ
आन्दोलन को भावना विपरीतका सबै नेतालाई छाड्नु परेको छ

संविधान सभाको चुनावमा विरोधिलाई पनि मौका दिनु परेको छ
सच्चिने मौका माओवादी लाई मात्र होइन कमल थापा लाई पनि दिनु परेको छ
हिँशा प्रति-हिँशा साच्चै नै रोक्ने हो भने
फेरी एउटा म्यालुङ बजार जाग्राम बस्नु परेको छ
राष्ट्रबाद को नयाँ पतका फहराउन बाकी नै छ
युद्धको भुत-भुते खरानी बाट निर्माण को बाटो खोज्नु परेको छ
त्यसैले फेरी एउटा रोल्पाले बन्दुक मोह त्याग्नु परेको छ
अहिशाको हातेमालो सहित लङमार्च गर्नु परेको छ
लोकतन्त्र को स्थाइत्व र बिकासका लागी
विरोधको मुठ्ठी होइन सहयोग को सपत गर्नु परेको छ
फेरी एउटा चितवन ले संगम चोकमा कुटो बोक्नु परेको छ
नेपाली श्रमको नेपाली चर्खा अब चल्नु परेको छ

विरोध का लागि विरोध होइन शान्ति को नारा घन्काउनु परेको छ
भोली ईतिहास ले सराप्ला राजालाई पनि एक मौका दिनु परेको छ
त्यस्का लागि फेरी एउटा काठमाण्डौ चनाखो हुनु परेको छ
व्याक्ती पूजा होइन अब राष्ट्र पूजा नै शाहीदको आकांक्षा सबै ले बुझ्नु परेको छ

त्यसैले बृह्तर नेपाल मा जीवन र जगत को मर्म बुझाउनु परेको छ
सबै पारदर्शी प्रणाली को बिकासको लागि जन सहयोग को अपिल छ
जन बिकास र जन बिचार नयाँ भावना का लागि
पुन कृष्णमन्दिर चोक मा एउटा पाटन उठनु परेको छ
-अशोक " खलान को मान्छे "
ड्रामस्टाड , जर्मनी

राजनिती देखि पर राष्ट्र भक्तीको गान सिकाउनु पर्छ ।।।।।

आगोको पिडा भरि सडक बाट वल्ल वल्ल मेरो देशले
भुतभुते खरानिमा सान्तीको सपनामा बिउ रोप्न खोजेको छ
विद्रोहको नाममा हत्या हिँशामा रमाउनेहरु
सान्ती छिनि क्रान्तीको उधोगमा थकाइमारेका छन
त्यसैले त पानी माथि को ओभानो सपना क्रान्ती को
राष्ट्र सेना मा राजनिती घुसाउने चाहना उनिहरु को
जनताको नाममा जनतालाइ अधकल्चो ,अधमरो छाडने हरु
क्रान्तीको नाममा राष्ट्रीय अस्तित्व समाप्त गर्न खोज्ने हरु
जिद्धि गर्दो छन् यतिबेला सेना समिकरण रे ।

आगो को सडक मा सपना बाडने हरु
आगो सल्काएका बखत भन्ने गर्थे आफु लाइ
वेतन विनाका राष्ट्रिय ध्वंश का चेतना मान्थे आफुलाइ
जनताका जिजिबिषामा आगो सल्काएर सपना देख्नु हरु
राष्ट्रिय सेना मा बक्र धावा बोलि रहेछन यतिबेला
खवरदार सेनामा राजनिती वा राजनिती का सेना हरु
राष्ट्रिय सेना प्रहरि राजनिती देखि पर् रहनु पर्छ
होइन भने जल्लाद को चाल मा अन्जानै सेना फस्ने छ
फेरि राष्ट्र ले भयंकर ज्वालामुखि बेहोर्नु पर्ने छ ।।


राष्ट्रिय सेनामा विलय विद्रोह वखतका सपना होइन
शान्ति का लागि सेना समिकरण का प्रश्न होइन
बिभिन्न राजनिति सम्झौता र समिकरण तोडने हरु
बन्दुक बिसाइ सके पछि हतियार को आतंक देखाउने हरु
छाउनि बसिसकेपछि पनि चन्दाको महारोग फैलाउने हरु
राष्ट्रभक्तिले बन्दुक उठाएका होइनन
निर्माण को सपनाले ध्वँशात्मक नरसम्हार गरेका होइनन
सिमित बर्गिय नारा र स्वार्थ राख्ने हरु
जातिय क्षेत्रिय राजनिती ले जन एकता तोडने हरु घातक हुन लोक्तन्त्रका

आगो सल्काउने हरु लाइ अब आगो चलाउन दिनु हुन्न
यदि साच्चै उनि हरु को लोकतन्त्र माथि बिश्वाश हो भने
सेन मोहका कुरहरु राजनिती पार्टीले गर्न सुहाउन्न
यो मौसम त पिडीत नेपाली जनतालाइ सान्ति को मलम लगाउन दिनु पर्छ
सुध्रर्ने मौका उनि हरु लाइ मात्र होइन राजा लाइ पनि दिनु परेको छ
यदि साच्चै नै देशले अग्रगमन को सपना देखने हो भने
राष्ट्रीय सेना प्रहरी लाइ स्वतन्त्र भुमिका खेल्न दिनु पर्दछ
जन अधिकार सुरक्षित राख्ने सेना र प्रहरी लाइ
राजनिती देखि पर राष्ट्रभक्ती को गान सिकाउनु पर्छ ।।।
अशोक " खलान को मान्छे "
जर्मनी

Freitag, 14. November 2008

श्रीजनापुन्ज

- अशोक "खलानको मान्छे"

परिवर्तनको लागि बन्दुकै समात्नु पर्दैन
परिवर्तन प्रतीको मिथक लाई तिमीले उदाहरण दियौ
सादुबाद छ बैनी तिमीलाई तिम्रो चेतनालाई
शहरका छोरीहरु जन्ती जान्छन सिँगारिएर
यो परिवर्तन धेरै पहिला आएको थियो शहरमा
देखासिखी जमात देखाइ नयाँ कुटुम्म्बलाई दु:ख दिने
तर मेरो गाउमा मेरी बैनी हरु मलामी भएको तश्बिर देख्दा
मुटु फुलेर आयो, आशु को भेल बग्यो
अनी उत्शाहको नयाँ किरणले नयाँ जागरण पैदा गर्‍यो
कुटुम्ब प्रतिको तिम्रो समर्पण उदाहरणले
मेरो जिजिविषामा हलचल गरायो
धेरै अन्नुतरित प्रश्नको उत्तर मिल्यो आज
साधुबाद छ बैनी तिमी लाई, तिमी श्रीजनापुन्ज प्रष्टाएउ
तिमी भ्रिकुटी हौ, सिता भयौ , लक्ष्मी र दुर्गा पनि बन्यौ
दुर्गाको मिथक सत्य हो भनी सत्तासिन महिशासुर लाई चुनौती दियौ
अझ पनि तिनका सुम्भ निसुम्भ ले सास्ती दिन छाडेका छैनन रे गाउमा
तिमीले हाम्रो स्वर्गका निधिलाई बचाउन कठिन यत्न गरेकी होलाउ
खसी अधिकार खोजी मान्छे अधिकार हनन गर्ने लाई अब त चिनेउ होली
देशका सम्पूर्ण निधिलाई माइनको धरापमा राखी
तहश नहश बनाउने महिशासुर भोको छ यती बेला प्यारी बैनी
त्यस्ले हरवखत अत्तो थापी पुन तिम्रो दाजु र जहान खोज्न सक्छ
फिक्कर नमान महिशासुरको आतंक धेरै टिक्ने छैन
मेरो आस्था छेत बिछेत भएर पनि
एक दिन अवश्य नेपाली एकताको प्रतिक प्रष्टिने छ
तिम्रो यस्तै सुकर्म र जुझारुपनले साना नानीलाई सम्झाए भने
एकादेशको कथा नभै हाम्रो आस्थाको धरोहर पुनर्गमन हुन सक्छ
प्यारी बैनी तिमी आज मलामी होइन
श्रीजनापुन्ज भएर चुलो देखी माथि उठेउ

Mittwoch, 12. November 2008

ओ कृष्णसेन तिम्रै नियतिमा वीरेन्द्र साहहरु मर्दोछन

" अशोक "

ड्रामस्टाड, जर्मनी, नोभेम्बर २५


कृष्णसेन
तिम्रो कलमको पुर्णबिराम लाग्दा
पीडित भइ दुहाइ गर्नेहरुले
तिमी जस्तै सयौं कलमबिर लाइ झून्डाए
तिम्रो सपनाका यात्रीहरु
तिम्रै पार्थहरुलाई
सयौं पल्ट धम्काए
बन्दुकको विरुद्द नलेख्ने चेतावनी दिदै
फिरौतिका रकम माग गरे
कलमवीरले कहाँबाट फिरौतिको रकम तिर्ने
ओ कृष्णसेन तिम्रै सपनाका यात्रीहरु
जल्लाद बनिसके क्रान्तिको नाममा


ब्रम्हलुट गर्न छुट छ अब उनीहरुलाई
मान्छे मार्दा क्रान्तिको लेवल तिमीले नै लगाइ दियेउ
यदि तिम्रो आत्मा
तिम्रै मार्च पासमा भडकिएको छ भने
तिमी अबश्य रोएका होलाउ यतिबेला
वीरेन्द्र साहहरुको बाच्ने अधिकार खोसिदा
बन्दुक आगो हो भनि बुझ्यौ होला
बन्दुक बिचार होइन र हुदैन
यो त आतंकबाद को प्रिष्ट पोषक हो
हत्यारा हो , आतताई उग्रबाद हो
अब कस्ले सम्झाउछ खुन को प्यासी जमातलाई
तिम्रो कमान्डर लाइ त
आफु कमलो दिल भएको पिन्चे
तर कठोर तानाशाह देखाउदैमा ठिक्क छ
रातो अबिर छाउनि पुगि बुगि घस्दै मा ठिक्क छ
ओ कृष्णसेन हेरिराखेका होलाउ
चित्त नदुखाउ कलमवीर
अझै लाखौ कृष्णसेनहरु
वीरेन्द्र साहको नियतीमा मर्न बाकि छ
कृष्णसेन को क्रान्तिकारी हातबाट
किनकी कृष्णसेन हरु भन्दैछन्
कलम भन्दा बन्दुक तागतबार
जँगल,सडक,सदन,गाउमा
आखिर बन्दुक बन्दुक नै हो , होइन त कृष्णसेन
यो कहिले न्याय र समनता को पक्ष मा हुदैन
यो कहिले धर्म र शिद्दान्तका लागि हुदैन
ओ कृष्णसेन तिम्रो पोलपोटी जमात
हिटलर र मुसोलोनि भन्दा क्रुरर रहेछन
चाउचेस्को र इतिअमिन भन्दा खतरा रहेछन सदियौको आस्था र जीवन धरोहर भत्कौदै
कसरि न्याय र समानताको कुरा हुन्छ र
तिम्रो मृगतृष्णा तिम्रै बन्दुक को मोहरीमा भडकी रहेछ
नरोउ कृष्णसेन
तिम्रो दस्तालाई हामीले फिरौती तिर्न नसकेकोमा
हामीहरु काटिन्छौ
हाम्रो शरिर इन्च इन्च काटिन्छ
ओ कृष्ण सेन तिम्रो भन्दा कठोर यातना नियतीमा
लाखौ वीरेन्द्र साहहरु मर्दोछन !!!

उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ

अशोक " खलानको मान्छे "

ड्रामस्टाड, जर्मनी, डिसेम्बर १४


उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ
उस्को नाम को अर्थ नै क्रान्ती भनि सम्झाइएको छ
उस्को वाणी नै क्रान्ती हो, उस्को दुस्साहारा नै क्रान्ती हो
उस्को प्यास पनि क्रान्ती हो, उस्को भोक पनि क्रान्ती हो
उस्ले गरेको हरेक काम क्रान्ती हो, उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ ।


सडकमा तगारो टागेर बाटो रोक्न सक्छ उ
गाँउ बस्तिमा ढुकेर चन्दा असुल्न सक्छ उ
कसैले प्रतिकार गर्न खोजे म्रीतु, भय देखाइ थर्काउन सक्छ उ
मुड चल्यो भने सदखोर को नाम मा गोड्न सक्छ उ
आनन्द लुट्न पर्यो भने अधकल्चो छाड्न सक्छ उ
उस्लाइ कस्ले के भन्छ, उस्को नाम नै क्रान्ती उस्को काम नै क्रान्ती हो ।


कहिलेकाहि उ आफू ले आफैलाइ पठ्ठो बाग भनि हिडछ
बहस चल्दा कतै हारे स्याल जस्तै रंग फेरी दिन्छ
उस्ले मारे क्रान्ती हुन्छ, अर्को ले सम्झाए सम्सोधनबादि हुन्छ
उस्लाइ सम्झाउनु क्रान्ती बिथोल्नु रे, हत्या नगर्नु भन्नु पुन उथ्थानबादि हुन्छ
म के हुँ र उस्का लागी मान्छे होइन , हाड मासु र रगतको एक थुप्रो मात्र
मान्छे लाइ पुजा गर्ने म कायर हु रे, मान्छे गेडने उ क्रान्तीकारी भन्छ।


अब उस्लाइ कसैले रोकेर रोकिन्न, बरु उस्ले अरुलाइ रोकेर रोकिन्छ
उ सँग तागत छ, युद्ध छ ,धोका छ ,अनगिन्ती घुमौरो चाल छ
उ सँग सबै सबै छ ,विवेक का कुरा गर्नु त मुर्ख हुने छ
उ सबै लाइ पाखण्डि देख्छ, सबैलाइ रुहाउने आफु लाइ साहसी भन्छ
अधम्मे उस्को साहस ले नै मन्दीमा ताला लगाइन्छ
पुजारीलाइ मात्र होइन सम्पुर्ण जनतालाइ धम्काइन्छ
त्यसैले त मुखको चुनाव पराजित भय ले पर सारिन्छ
अब उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ
सार्वभौम नेपाली जनता होइन राजनिती पार्टी लाइ बनाइदिन्छ ।

तपशी स्याल

तपशी स्याल




कठोर तपस्या पश्चात
तथास्तु आशिर्बाद पाएका स्यालहरु
तथास्तु बर्दान दिने बिधातालाइ लल्कारीरहेछन
आफुलाइ एकमात्र शक्त्तिशाली विधाता घोषणा गर्दै
तपशी असुर जस्तै
देवासुर संग्राम तयारीमा
इन्द्रासान छिन्ने चेष्टा गर्दै
विभिन्न कोणबाट आक्रमण गर्दैछन
देवात्मा विधाता नयाँ तपशीको प्रतिक्षामा
शक्तीशाली दानबको खेल हेरिरहेछन ।।

बम पड्कीयो गोली चल्यो
धर्म पिठहरुमा आक्रमण भयो
आरोप प्रत्यारोप को भ्रम फिजाइ
जाल झेल का हल्ला चले
स्वंयम विधाता लाइ फसाउने चेष्टामा
विधाता आफै त्रस्त छन ,आफ्नै वरदान मा
शक्तीका पाठशालामा यूद्दको महायज्ञ शुरु भयो
साना नानीहरुलाइ आफ्नो चक्रब्यूमा फसाउदै
अभिमन्यु बनाइ उडाउदै छन
आमा हरु नानीका चित्कार सहन नसकेर
आशुँका निशब्द गुहार मागी रहेछन
कठोर तपस्या गर्ने तपशी स्यालहरु
आफ्नो दुइ रँगमा बादशाह बन्ने सपना संगाल्दै छन //

अशोक " खलानको मान्छे

Dienstag, 11. November 2008

तिम्रो भेद

तिम्रो भेद



- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी

जीवन त भौतिक पदार्थले बनेको छ
आध्यात्मिक चेतनाको बिकास किन नगर्ने
धर्म अफिमको नशा होइन भने
गीताको सारमा सरल जीवन किन नबिताउने

पांच तत्व भौतिक पदार्थको सुक्ष्म ज्ञान किन नलिने
सयौ एटम छन शरीर भित्र योगले तिनलाई बशमा किन नपार्ने
मान्छे लाखौं जुनी पछी मात्र भइन्छ भने
माछे को कर्तब्य धर्ती को सेवा किन अब नगर्ने
मुटु को धड्कन भन्दा तेज छ तिम्रो बिचार शक्ती
त्यस्लाई सतकाममा किन नलगाउने
धर्ती का सबै मान्छे बराबर हुन भने
इश्वरका यि कृपा लाई किन छुटाउने

आउ एउटै माला मा उनिई मोहलाई अब छाडिदिउ
बैराग्य नयाँ जीवन को सुत्राधार अब यसैलाई अँगालौ
शिव सत्य विश्वास र विस्वआत्मा को स्तुती गरी
प्रेम ले अविश्वास को जरा काटी सत्यको बाटो अब किन नहिंड्ने

हत्या हिँसा लुट झुट छाडि अब हरी भजौ
जीवनको सुन्दर मुल्य सत्कर्म गरी हरी रिझाउ
आफ्नै दिल भित्र उनी बस्दछन दिल मा नै उनलाई खोजौ
मन भित्र छ मुक्ती को बाटो मन को मैलो धोई मन सफा राखौ

मिथ्या जगतको भेद नै मान्छे को त्यो भेद तोडन
ॐ को साब्दिक अर्थमा लुकेको सम्वन्ध खोज्न
शिवको साब्दिक अर्थमा लुकेको अमरत्व खोज्न
यही जीवन को अनन्त भेद स्विकार्दै निर्वाण खोज्न

अस्तु




Posted by Dautari Admin at 6:37 AM Labels: गित/ गजल/ कविता


7 comments:
Banbasee said...
सुन्दर रचना

धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

देशलाई वोक्सी लागेको छ भनी
बन्झाक्री बनी हिंडेकाहरु
नयाँ घोषणा पत्रको आव्हानमा
सयौ धामीका सभा राख्नेहरु
निर्दोश्लाई बोक्सीको आरोप लगाइ
उठिबास त गराए गराए
झाक्री बसेको हेर्न आत्तुर हामीहरु
जात्रे बनेका छौ , बिजोग सहेका छौ
बोक्सीको आरोपमा छेत बिछेत देशको अस्तित्व
पन्युले डामिएको छ खुर्सानी पोली सुंगाइएको छ
पाता कसेर लडाईं तेरो र मेरो गरिएको छ
मेरो देश लाई बोक्सी लागेको आव्हान गर्ने झाक्री हरु
आँफै रमिते भएका छन, झाक्री हुनुको अस्तित्व लडाईंमा
म बनझाक्री धेरै ले विश्वाश गरेको
त घरझाक्री थोरै ले विश्वाश गरेको
उ तराइको झाक्री अर्को मध्यम बर्गिय झाक्री
झाक्री लडाइमा ज्वरो आएको देश इन्तु न चिन्तु भएको छ
देशलाई मलेरिया दिनेहरु
एडस र हेपाटाइटिश स्विकारी रहेछन
बोक्सी लागेको निहु बनाएर
घरका बोका र कुखुरा सकीरहेछन
धामीको आव्हानमा सडकमा रगत बगाउनेहरु
मुक दर्शक भएका छन
युगको एकदिन सुनौलो ईतिहास लेख्ने रहरमा
आफ्नो ईतिहासको बैभव गुमाइ
सम्पूर्ण सुन्यलाई ईतिहास लेखाउने रहरपाली
बोक्सी लागेको भन्दै
असक्षमका टिका लगाएका झाक्रीनै
अब आमालाई निर्वस्त्र गराउने योजना बनाउदै छन
बनझाक्रीको नयाँ नयाँ चटकिलो खेल सँग सँगै
घरझाक्री फस्दै छ ,अब रमिते ले दुहाइ दिने ठाउँ छैन
दुहाइ गर्न जाने ठाउमा श्रीपेच र राजडण्ड सुम्पिसके झाक्रीलाई
धामिको आव्हानमा झाक्री बसेकाहरु
सच्चा झाक्री हुन कि खाली बोका खाने
देश लाई बोक्सी लागेको धेरै भएको छैन
मात्र १८ बर्ष भयो देश बिरामी परेको छ ।
- अशोक ''खलानको मान्छे''
जर्मनी
सल्लाह र सुझाव को लागि मलाई ईमेल गर्न नभुल्नु होला ।

भित्ते राष्ट्रपतीको अवतरण

बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके , अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै
अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै
आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै

भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो
अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ
शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।


- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी

स्वयम्भूका आँखामा आँशु

स्वयम्भूका आँखामा आँशु
स्वयम्भूका आँखा शान्तीले लोलाएको छैन यतिबेला
स्वयम्भूका आँखाका त्राशले लोलाएको देखिन्छ यतिबेला
सत्यलाई अफिमको नशा मान्ने गिभ्रमित जमात देखी
स्वयम्भूका आँखा त्रश्त यतिबेला लाठेहरु देखी
नपत्याए हेर ति नेपाली आँखामा जो घर भएर पनि
सर्बहारा भएका छन सर्बहाराका हातबाट सबै हुँदा हुँदै पनि
जो श्रमको श्रीजनामा रमाउदा रमाउदै पनि
मी दिवश मनाउने हरुको जमातबाट खेदिएका छन लोकतन्त्रमा पनि
स्वयम्भूका आँखा त्रश्त देखिएका छन यती बेला
जिउदो मान्छे पोलियो बुद्द जन्मभुमी मा
न्याय कसले दिन सक्छ मेरो बुद्द लाई
भनु के म बन्दुक ले न्याए गर्छु भन्ने लाई
पञ्चशिलका आदर्श हरु जो पुर्खाले बनाएका थिए
सब च्यातिदै गयो निर्दई बाट जो हर जन का थिए
शिरमै टोपी लगाई सपुतहरु बर्खी बार्न बिवश छन यहाँ
अझ कती बर्ष डरको बर्खी बार्ने हो यहाँ
कलिलो दिलबहादुरको लाश माथि राजनीति मोहोर लादेर
अनी पाशविकता साथ बलराम र नन्दलाल माथि प्रहार गरेर
सुधखोरका बिल्ल भिराएका हुन क्रान्तिकारी हरु ले
न्याय क्षेत्र गोर्खामा अन्यायको बिजरोपे जालसाच
अहिलेत त्यो बिज झाङिएको व्रीक्ष भई फलदिन थालेछ
श्यामसुन्दरको रगतको साटो ४० हजार मत पाएछ
स्वयम्भूका दुई आँखामा तब त आशु देख्दै छु
बन्दुक विजय संग सँगै म सम्पूर्ण रुपले पराजित हुँदै
क्रमश घर बाट बेघर हुँदै सम्पूर्ण ईतिहासमा पूर्णबिराम लाग्दा
यति बेला मैले सम्पूर्ण देशबासी लाई साधुबाद दिन नसक्दा
प्रजातन्त्र को छिप्पिन लागेको बैश बलत्कार गर्ने हरु त
क्रान्तिकारी भिरु भईसके दिग्भ्रमित छन बुद्दहरु त
बोधिसत्व सम्पूर्ण बन्धन देखी को मुक्ती हो
स्वयम्भूका लोलाएका आँखा देख्नु बोधिसत्व खोज्नु हो
बोधिसत्व अब क्रान्तिकारी भिरुहरुको चालवाज उद्द्घोशमा खोज्नु पर्ला
बोधिसत्व क्रान्तिकारीहरु को भुमरिमा खोज्नु हो
बम पड्काउने हरु लाई शान्ती क्षेत्रको उदघोषणमा
राष्ट्रपिता बनाउने सपना सगाल्दै छन देशमा
म मेरो पिता लाई त्यो पुरानो कुर्चिबाट बन्चित गरी
बेघर गरेको निरही भएर हेर्दै छु अचम्ममा परी
यतिबेला स्वयम्भूका दुई आँखा शान्तीले लोलाएका होइनन
माकुराको फोहोर जालो टाङिएर आसुँ झरेको जस्तो देखिएको होइन ।।।


- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी

एक्स्ट्राट भएछु

एक्स्ट्राट भएछु


- अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी


हिजो एक युवाले आफु तेश्रो लिँगी भएको घोषणा गर्यो
छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए
हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि
सबै छापाका माध्यम उन्को पछि दौडिए
साच्चैनै शन्कर् दाइ संसार् एक्स्ट्राट् नै रहेछ
हिजो दिन दहाडै एक राष्त्रबादि मारियो
छापामा खबर् भएन
किनकी बिगत बर्षहरु मा दैनिक १० मरिन्थे
हिजो एक कविले मदन पुरस्कार पाए
छापाहरु मा त्यो खबर आएन
किनकी च्याउ उम्रिए सरि पुरस्कार छ रे नेपालमा
शंकर दाइ ,
हिजो एक पुलिशले एक किडनि तस्कर समात्यो
उस्को साहसि र कर्तब्य परायणको कथा लेखिएन
चाल्सलाइ समात्ने प्रहरि ले स्याबासी पनि पाएन
तर एकाएक छापामा गर्मि छाएको छ
एक नव योवनाको प्रेम चर्चाले
तपाइको युगको मुनरोजहरु
आजकल नेपाली सडक भरि देखिन्छन
एक्स्ट्राट हुने रहरमा
झुम्कि बुलाकि र सिरबन्दि होइन
किल्ला जस्तो चुचो परेको फलाम लगाइन्छ
चौबन्दि फरिया र खास्टो होइन
अर्ध नग्न हुने विदेशि पोशाक लगाइन्छ
आजकल शंकर दाइ नेपाली सडकले यस्तै देख्ने गरेको छ
नेपाली छापा यास्तै को चर्चामा व्यस्त छ
शंकर दाइ
हाम्रो संस्क्रीति रितिरिवाज
डिस्को र टेबुल डान्स सँग साटिएछ
पाहडको निस्चल चिसो पानीको साटो
दुषित पानीलाइ मिनरल वाटर भनि बेचिएछ
शंकर दाइ
राष्ट्रले धर्म छाडेदेखि
सबै एक्स्ट्राट भइ रहेछ
एक्स्ट्राटको भिडमा म
हाँसको हुलमा बकुल्लो भएर
खेदिइ रहेछु,खेदिइ रहेछु
- शंकर लामिछानेको सम्झनामा
www.dautari.org poblice this

होसियार नेपाली जनताहरु

अशोक खलानको मान्छे

फ्रान्कफर्ट, जर्मनी, नोभेम्बर १०


मुर्दाबादको ठुलो स्वर निकालेर
अनी सोझा नेपालीलाई सपनाले नचाएर
सत्तासिन भएका खमेरुजहरु
यतिबेला विस्तारबादी र साम्राज्यबादी सँगै
भिख मागेर घर चलाऊदै छन
हिजो अस्ती स्वशासनका लागि भन्दै चन्दा उठाउदा
राष्ट्रबादीहरुलाई तथानाम भन्नेहरु
आज राष्ट्रिय पहिचान पुन भिखको घ्याम्पो बनाउदै छन
पडेका बुद्दिजिवी डा साहेबहरु
खमेरुजको बर्दि त्यागेर घुम्ने कुर्चिमा पुगे पनि
जनतालाई राहात दिने आफ्नो ५२ सुत्रीय माग भुल्दैछन
सौताको रिसले पोइको ओछ्यानमा मुत्ने श्रीमती
चिसो ओछ्यानमा लडे जस्तै
नेपाली जनता
आश्वासनको पोको मा कठाङ्रिएका छन
जताततै कोलाहल आशु र बर्बताका खाटा बोकेर
दुहाइ दिन असमर्थ भएका छन
बाङकी मुनलाई निवेदन दिनेहरु
फेरी पनि चिसो छिडिमा रात गुजारेका छन
खसी अधिकार खोज्नेहरुले
मेरो देशलाई नर बधसालामा बदलेर
धर्म संस्कृतिविहीन बनाउने चाल रच्दैछन
संस्कृति पाठशाला र मन्दिर बमले उडाइ
इद मनाउन जाने सत्तासिन तालिवानदेखि
म त दंग छु मुस्लिम समुदायलाई ढाल बनाइ
हिन्दूको हिन्दूत्त्व छिनी संस्कृति क्रान्तिको ट्रेलर देखाउनेहरु
सहिशुणताको मर्मलाई छेत बिछेत बनाइ
नेपालीको नेपाल धर्मबाट सयौ कोष पर
नयाँ नेपालको आविश्कार हुँदै छ रे
एक थप्पड नहिर्काइ १५ हजार सिद्दाउने
नयाँ रावण सत्तसिन भएको बखत
घर घरमा एक राम जन्मनु परेको छ
धर्मले नै धर्म र देशको रक्षा गर्छ
कतै खमेरुज र तालिवानको बहानामा
देशको अश्तित्व खतरामा त पर्दो छैन
होसियार नेपाली जनताहरु
सपना बाड्नु खमेरुज को अर्को चाला त होइन
साम्राज्यबादी र के के को चक्करमा
देश हात्तीको दाह्रा जस्तै
एउटा मागी खाने भाडो हुँदै त छैन ??

- publish on Nepali post
http://nepalipost.com/nepali/sahitya.php?nid=6992