Samstag, 28. Februar 2009

आकाशमा तारा कती

आकाशमा तारा कती छन के तिमी भन्न सक्छेउ
सागर मा पानी कती छ के तिमी भन्न सक्छेउ
यि उत्तर नभय नसोध मेरो माया कती लाग्छ भनेर
कती छ यो छाती भरी साचेको समर्पन भनेर
दिनको घाम लाई सोध्न सक्छेउ यि हावालाई सोध्न सक्छेउ
रातको जुन लाई सोध्न सक्छेउ ति ताराहरु लाई सोध्न सक्छेउ
कती बार तिम्रो कल्पना गरे कती बार तिम्रो नाम लिए
भुलेर पनि आँफै लाई तिम्रो यादै ले नभन अब बाँच्न सक्छौ


अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी

तिम्रो सपना मा आजकल

तिम्रो सपना मा आजकल पराई ले राज गर्दा
कती चोट सहेयौ होला मेरो मुटु झिकी फ्याक्दा
तिमी लाई भनेरै म मलाई भनेरै तिमी
मन लुकाइ बाचेका थियौ , चिट्ठीमै हासेका थियौ

कती मन रोयो होला आफ्नै हातले चिट्ठी पोल्दा
कती आशु खस्यो होला खाली सिउदोमा रंग पर्दा

ति हजार सपनाले कही बास पाएन है
ति हजार रंगहरु कुनै क्यान्भाषमा भरिएन है

कती पिर पर्‍यो होला सपना नै हत्या हुँदा
कती बाधा सहयौ होला आफ्नै चित्र फरक पाउदा

- अशोक '' खालान को मान्छे ''
फ्रान्क्फर्ट जर्मनी

म रित्तो बोट्टल

म रित्तो बोट्टल रक्सि बिनाको संग्लिएछु मेह्फीलमा
थामे होला कती हातहरुले रक्सि हाल्दा मेहफीलमा

म हेरिरहेछु पहिलो चोटि पिउनेलाई यो भट्टिमा
उस्को प्यासी आँखा तर चोटको निशानी छ हेराइमा

समात्दै छ कमाउदै हात मुटु जलेको निभाउन
मायालु डोली उठदा आफुलाई जिउदो लाश बनाउन

म हेरिरहेछु बिर्को खोल्दा गिलासमा पोखीइ नजरमा
चिट चिट पसिना पसिना हारको रेखा निधारमा



- अशोक "खलानको मान्छे"
ड्राम्स्टाड जर्मनी

गजल के हो

तपाईको झर्रो भाषामाथिको प्राधिकार त निर्विवाद छदैछ । गजलको प्राविधिक व्याकरण र शैलीगत विशिष्टतालाई पनि ग्रहण गरिरहनु भएको देख्न पाउँदा खुशी लाग्छ । अब जहाँसम्म वस्तु (content) को कुरा छ, म यथार्थवाद रुचाउँछु । अब कवितामा, खास गरेर गजलमा केको यथार्थवाद नि, गजल भनेकै अतिशयोक्तिवाद हो भन्ने कुरा आउला । त्यो कुरा त हो, तर मलाई के लाग्छ भने अतिशयोक्तिमा पनि कुनै प्रकारको संतुलन वा संकेतद्वारा यथार्थ पस्किन सकिन्छ । मेरो यो सोचाईलाई सम्भवत: "जादुई यथार्थवाद" (magical realism) भनिन्छ होला ।



यो "जादुई यथार्थवाद" बारे मैले सिक्नै बाँकी भएकोले केही भन्न सक्ने स्थितिमा छुईन । जिज्ञासा छ भने google गर्नुहोला ।



एनिवे, मेरो आसय के हो भने हाम्रा शास्त्रिय गीत-गजलले प्रस्तुत गर्ने गरेका काल्पनिक प्रेम र काल्पनिक प्रेमीहरुलाई नै अन्तिम नमानेर आफैले देखे भोगेको वास्तविक प्रेम र वास्तविक प्रेमीहरुको यथार्थ जे छ त्यही पो पस्कने हो कि ?



मैले तपाईको प्रस्तुतीलाई काल्पनिक दावी गरेको चाही होईन है । त्यो नितान्त काल्पनिक हो वा वास्तविकतामै आधारित हो भन्ने कुरा त लेख्ने मान्छे तपाईलाई मात्र थाहा हुने कुरा हो ।


जे भए पनि, यथार्थ पात्र र यथार्थ पात्रजीवनलाई गजलको जादुमय शैलीमा पस्कनुहोस् भन्ने मेरो आसय हो । तर के पनि भन्न छुटाउनु हुन्न मैले भने कल्पना पनि एक तहमा यथार्थ नै हो । यसो भनम् न, कल्पना दुई प्रकारको हुन्छ – यथार्थ कल्पना (वा काल्पनिक यथार्थ) र काल्पनिक कल्पना । मैले खोजेको काल्पनिक यथार्थ हो काल्पनिक कल्पना होईन ।

प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ । त्यसलाई तपाईको शक्ति र विशेषताको रुपमा कायम राख्नुहोला ।अनि गजल यसको उपयोगिताको आधारमा दुई वर्गको हुन सक्छ भनि हेक्का/मान्यता राखेर अघि बढ्दा दुबै वर्गको गजललाई न्याय हुने गरी गजल लेख्न सकिन्छ होला जस्तो लाग्छ ।

एउटा गीति-गजल (भावना-प्रधान, सर्वाधिक श्रोता र गीत-संगीतको लागि सुहाउँदो), अर्को कवितात्मक गजल (चिन्तन-प्रधान, कविमण्डली र गजलका विशेष प्रेमीहरुको लागि सुहाउँदो) ।प्रेम गीत-गजलको लागि एक सदाबहार विषय हो । तर के कुरामा ध्यान दिनुहोस् भने पुराना गीत-गजलमा पढिएको सुनिएको सेकेण्डह्याण्ड र काल्पनिक कथा र व्यथा होईन आफैले भोगेको-देखेको वास्तविक व्यथाको कथा लेख्नुहोस् । साधारणै भए पनि वास्तविक कथा हो भने त्यसको प्रभाव अत्यन्त गहिरो हुन्छ, किनभने त्यो वास्तविक हुन्छ र मानिसले त्यसलाई वास्तविक रुपमा अनुभव गर्न सक्छन् । गजलको एउटा सिमितता के हो भने यो विधा सबै प्रकारको अभिव्यक्तिको लागि मैत्रीपूर्ण छैन । लामा लामा कथाहरुको विस्तृत वर्णन गजलबाट सम्भव पनि छैन, उपयुक्त पनि हुँदैन । त्यस्ता कथाहरु गैर-गजल कविता वा गद्य विधाबाट बढी सजिलो र बढी अचुक तरिकाले प्रस्तुत गर्न सकिन्छ ।



गजल भनेको त Forrest Gump ले भनेको झै "A box of [assorted] chocolates" हो । यहाँ हरेक एउटा chocolate ले हरेक एउटा शेर जनाउँछ र Forrest Gump ले अगाडि थपे जस्तै "You never know what you're gonna get" हुनुपर्छ ।



यदि पाठक/श्रोताले एउटा शेर सुनेपछि अब अर्को शेर के को बारेमा छ वा त्यसमा के छ भनेर थाहा पाउँछ भने त्त्यो गजल गजल भएन, त्यो शायरी (शेर हाल्ने कला) भएन ।



शेर भनेको पाठक/श्रोतालाई छक्क पार्न लेखिने कुरा हो । त्यसमा आश्चर्य तत्व हुनै पर्छ । त्यो तत्व शेरमा पनि हुनुपर्छ, गजलमा पनि हुनुपर्छ । भावमा पनि हुनुपर्छ, संगठनमा पनि हुनुपर्छ ।



लौ मैले त झन् जटील पो बनाईदिए है गजलको परीचयलाई । तर जे भए पनि तलका केही कुराहरुलाई ध्यानमा राख्नैपर्छ । तर सर्जकले आफैलाई सबैभन्दा पहिले के सोध्नुपर्छ भने- 'म मेरो भावनालाई गजलमा बढी अचुक र स्पष्ट ढंगले अभिव्यक्त गर्न सक्छु कि गैर-गजल विधामा ?' गैर-गजल विधामा बढी स्पष्ट र अचुक ढंगले अभिव्यक्त हुन सक्छ जस्तो लाग्यो भने त्यसै गर्नु, गजलमा अभिव्यक्त गर्न अन्य विषय/कथा खोज्नु ।



अब गजलमा ध्यान दिनुपर्ने कुराहरु:



१. शेरलाई कथाको बर्णन (description) को लागि होईन, टिप्पणी (comment) को लागि प्रयोग गर्नुपर्छ । त्यो भनेको के हो भने शेर भनेको कुनै घटनाको जानकारी दिन मात्र लेख्ने नभई बरु त्यो घटनाले आफुलाई कस्तो प्रभाव पर्‍यो त्यस प्रभावको जानकारी दिन लेख्ने कुरो हो । अनि स्मरणिय रहोस्, कहिलेकाँही सादा वर्णन नै एक घाघडान टिप्पणी हुनसक्छ ।



२. एउटै कुरा दुई शेरमा बाँडिन वा दोहरिन हुँदैन । (A ghazal must be like a box of assorted chocolate)



३. शेर भनेको तीन पाने रक्सी हो, जाँड होईन । कथालाई डिस्टिल गरेर त्यसको सार खिच्ने भनेको । कथाको छोक्रा र पानी शेरमा देखिनु हुँदैन । छोक्रा र पानी बेगर कथा पुरा नहुने देखियो भने कि त डिस्टिल गर्ने तरीका पुगेन कि त त्यो डिस्टिल हुन सक्ने अर्थात् शेरमा अभिव्यक्त हुन सक्ने कथा नै होईन । त्यस्ता कथालाई गैर-गजल विधीबाट परिशोधन गर्नु र पस्कनु बेस ।



कुरो जटील पो बनाए क्यारे मैले । अब यसलाई यहीं बिसाउँछु ।


समस्त शुभकामना सहित,
बाबुराम '' नेपे''

Freitag, 27. Februar 2009

मेरो संसार

म बाचेको सँसारमा पानी छैन छ आगो मात्र
जलाउछ रुवाउछ छन बेदना र चित्कार मात्र

तिमीलाइ देखाउदिन म खुकुरिको धारको बाटो
हिड्दैछु म पिल्सिएर सधै आफ्नोहरुको साटो

तिमी नआउ मेरो सँसारमा त्यहाँ हाँसो हराउछ
रोजबरु अर्को बाटो जहाँ फूलहरु फुल्छ

आगोको भुम्रोमा हिडन बिन्ति नगर साह्रो
जलन सहि जीवन काट्न हुन्छ अति गाह्रो


- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी

चोटका अर्थ

चोटका गहिराइमा चोटका अर्थ धेरै
मायाका फुलबारीमा फुल भन्दा काँडा धेरै

सहन्छ भने कोही सहनु त जाती थियो
सहने मान्छेका संसारमा नाम धेरै

भन्छन तपश्वी लाई बिरही र डरपोक धेरै
तपश्वी को ताप भित्र सुख खोज्ने हरु धेरै

चोट का गहिराइ मा चोटको अर्थ धेरै
मायाको फुलबारीमा फुल भन्दा काँडा धेरै

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी

मलाइे हराइे देउ

मलाइे हराइे देउ मलाई थकाई देउ
पसिना पसिना पानी पीलाइदेउ
लाजको घुम्टी हटाएर मलाई माया गर न
लोक लाज को के कुरा भो तिम्रो मान्छे भनिदेउ
यथार्थ मा तिमी मेरो आधा आकाश हौ पनी
जती हेर्छु उती उती माया बद्छ बुझिदेउ
संसार घुमेपनी तिम्रो जस्तो माया अर्को पाइन
सबै बाटो बन्द गरी आएको छु तिम्रै दैलो खोलिदेउ
तिम्रै रात् मा बास बस्छु तिम्रै बिहानि मा उट्छु
अब बाँकी सारा जीवन सुम्पेको छु सकरिदेउ

मन रोयो होला

तिम्रो सपना मा आजकल पराई ले राज गर्दा
कती चोट सहेयौ होला मेरो मुटु झिकी फ्याक्दा
तिमी लाई भनेरै म मलाई भनेरै तिमी
मन लुकाइ बाचेका थियौ , चिट्ठीमै हासेका थियौ

कती मन रोयो होला आफ्नै हातले चिट्ठी पोल्दा
कती आशु खस्यो होला खाली सिउदोमा रंग पर्दा

ति हजार सपनाले कही बास पाएन है
ति हजार रंगहरु कुनै क्यान्भाषमा भरिएन है

कती पिर पर्‍यो होला सपना नै हत्या हुँदा
कती बाधा सहयौ होला आफ्नै चित्र फरक पाउदा

- अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी

अतित

कती सुन्दर थियो अतित सपना मा डुबी हाँस्दा
तिम्रो सुगन्धित आचल भित्र माया लुकाउन पाउदा
बसन्ती बाहार झुलेको यो पतझडले गीत गाउदा
हेर्दा सुन्दर राम्रो थियो मायाको पालुवा चडदा
रनवन झुमेको थियो डाफे मुनाल ले प्रित गाँस्दा
ढुकुर पनि उफ्री उफ्री गाउथ्यो प्रिय संग हुँदा
दुर देशको महत्वकांक्षामा बेहोशी म हुँदा
सपना सबै छुटी गयो प्रियले आशु माग्दा
म बाच्ने छु म्रिगत्रिश्नाले ति सपनामा सधैं डुब्दा
एक्लोपन यो बेहोशी हैन मेरो क्षितिजमा पराइ सिन्दुर पर्दा

अशोक ''खलानको मान्छे ''
ड्रामस्टाड जर्मनी

Montag, 23. Februar 2009

मातृकाको मुखबाट प्रचण्डको भण्डाफोर

मातृकाको मुखबाट प्रचण्डको भण्डाफोर [छाप्नुस] [ई-मेल पठाउनुहोस]
११-फागुन-२०६५,आइतवार
Image
सन्की र अर्धपागलको आरोप खेप्दै आएका माओवादीका पूर्वनेता मातृका यादवले नयाँ पार्टी गठन र प्रचण्डको भण्डाफोर अभियानलाई सँगसँगै अगाडि बढाउने घोषणा गरेका छन्। तराईका विपन्न वर्गलाई समेटेर मधेसी क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्ने चरणमा रहेका मातृकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय गुप्तचर संस्था 'र' बीचको साँठगाँठको फेहरिस्त सार्वजनिक गर्ने भएका छन्।

मातृकाले आफ्ना निकटस्थहरूसँग बताएअनुसार माओवादी अध्यक्ष प्रचण्ड २०५६ देखि नै 'र' को सञ्जालमा फसेका हुन्। तर प्रचण्ड 'र' को सञ्जालमा फसेको कुरा आफूले २०६० पुसदेखि मात्र थाहा पाएको बताउँदै मातृकाले भनेका छन्– उनलाई त्यो सञ्जालबाट उम्काउने कोसिस सफल हुन नसकेपछि आफैं पार्टी छाड्न बाध्य भएको हुँ। मातृकाले आफ्ना निकटस्थहरूलाई बताएअनुसार २०६० मंसिरमा भारतको पटनामा सम्पन्न पूर्वीकमान्डको बैठकमा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता मोहन वैद्यसमक्ष राजीनामा दिएर मातृका कपिलवस्तु गए। कपिलवस्तु जनसरकार घोषणासभा समाप्त हुनासाथ अध्यक्ष प्रचण्डले टेलिफोन गरी दिल्ली बोलाए, तर दिल्ली पुग्नेबित्तिकै मातृका भारतीय प्रहरीद्वारा पक्राउ परे। जबकि दिल्लीमा गएर मातृका कहाँ बस्छन् भन्ने कुरा प्रचण्डबाहेक अरुले थाहा पाउनु ज्यादै असम्भव थियो। त्यसैले मातृका भन्छन्– 'मलाई त्यतिबेला प्रचण्डले नै पक्राउ गराएका हुन्।' भारतमा मातृकामात्र होइन, मोहन वैद्य, सीपी गजुरेललगायतका नेताहरू पनि पक्राउ परेका थिए। तर सुराकीको आरोप भने डा.बाबुराम भट्टराईमाथि लगाइएको थियो। डा.भट्टराईको बढ्दो प्रभाव नियन्त्रण गर्न अध्यक्ष प्रचण्डले सुरुमा यानप्रसाद गौतम आलोक, रामबहादुर थापा बादल, रवीन्द्र श्रेष्ठ र पछि मातृका यादवलाई दाहिने हात बनाएका थिए। जब पार्टीभित्र उनीहरूको प्रभाव बढ्दै गयो, तब विभिन्न बहानामा उनीहरूलाई समाप्त पार्दै लगियो। यानप्रसाद गौतम आलोकलाई त यौनकाण्डको आरोप लगाएर मारियो। रामबहादुर थापा बादलको लोकप्रियता पश्चिम क्षेत्रमा बढ्दै गएपछि त्यसलाई चिर्न पनि अध्यक्ष प्रचण्डले पम्फा भुसाल प्रयोग गरे। बादललाई नेता बनाउनुपर्ने भन्दै कार्यकर्ताले भित्तेलेखन गर्न थालेपछि बादललाई पूर्वीकमान्डमा पठाइयो र पनि उनको लोकप्रियता घटेन। आखिर पम्फा भुसालसँगको यौन सम्पर्कको मुद्दा ब्यूँताएरै भए पनि अध्यक्ष प्रचण्डले कारबाही अगाडि बढाए। बादललाई पन्छाएपछि अध्यक्ष प्रचण्डको दाहिने हातका रूपमा रवीन्द्र श्रेष्ठ अगाडि बढे। यतिसम्म कि डा.बाबुराम भट्टराई र हिसिला यमीलाई श्रमशिविरमा पठाउने निर्णय गर्नका लागि विभिन्न आरोप रवीन्द्रले प्रचण्डको निर्देशनमा नै तयार गरेका थिए। पार्टीभित्र रवीन्द्रको साख बढ्दै गएपछि उनलाई समाप्त गर्न शाहीमन्त्री कमल थापासँग रकम लिएर राजाको पक्षमा सुराकी गरेको आरोपसमेत लगाइयो। पछिल्लोपटक मातृका यादव अध्यक्ष प्रचण्डको यति ठूलो एक्का भएका थिए कि सानोतिनो टिप्पणीसमेत सहन सक्दैनथे।
एक प्रसंगमा केन्द्रीय सदस्य मुमाराम खनालले अध्यक्ष प्रचण्डमाथि साँघुरो घेरामा बसेको टिप्पणी गरेका थिए, तर त्यो टिप्पणी भुइँमा खस्न नपाउँदै मातृका मुमाराममाथि भोटेकुकुरझैं जाइलागे। यस्ता स्वामिभक्तहरूसमेत अटाउन नसकेको अध्यक्ष प्रचण्डको सर्कलमा बौद्धिक मानिने डा.बाबुराम भट्टराई कसरी अटाएका छन्? भन्ने कुरालाई माओवादीका भुक्तभोगीहरूले रहस्यको रूपमा लिएका छन्। यानप्रसाद गौतम र बादलमाथि यौनकाण्ड, रवीन्द्र श्रेष्ठमाथि राजासँग साँठगाँठ गरेको आरोप लगाइए पनि मातृकामाथि भने सन्काह र अर्धपागलबाहेक अरु आरोप लगाइएको छैन। यतिबेला डा.भट्टराईबाहेक खासै प्रभावशाली सहयोगी अध्यक्ष प्रचण्डले भेट्टाउन सकेका छैनन्। तर विकल्पमा एकता केन्द्र मसालबाट आएका नारायणकाजी श्रेष्ठ 'प्रकाश' देखापर्न थालेका कारण डा.भट्टराईले पनि छिट्टै नै बादल, रवीन्द्र वा मातृकाको नियति भोग्नुपर्ने ठोकुवा माओवादी कार्यकर्ता गर्दछन्।
त्यसो त पार्टी छाडेका मातृका यादवले पत्रकार वीरेन्द्र साहको हत्यामा माओवादीका केन्द्रीय नेता नै संलग्न रहेको खुलासा गर्दै भनेका छन्– हत्याराहरूलाई ती नेताले सात लाख रुपैयाँ दिएका थिए। तर उनको नाम भने मातृकाले सार्वजनिक गरेका छैनन्।

Tarun Weekly