Mittwoch, 22. Februar 2017

Jindagile kahile kaahi

जिन्दगीले कहिले काही खेदी दिन्छ अनयासै
पिर हरु बडायर हराई दिन्छ अनयासै । ।
कमज्वर न पर्नु कतै आत्मा बिश्वाश दरो राख्नु
हार पनि जित बनी बद्लिदिन्छ संङ्घर्श मै । ।
सुख दुख को पुतली मानब चोला हो यो यस्तै
आशु हाशो पिर ब्यथा खुशी सुख पनि त्यस्तै । ।
धैर्य वान साहासी नै हो योद्दा जिन्दगीको
धैर्यतामै जित हुन्छ नियम हो प्रकृतिको
"खलानको मान्छे"
प्रिय भाई निर्मल मा समर्पित

Sonntag, 19. Februar 2017

Ghar ma

मिठो बोली सुन्न पाईयोश प्यारी तिम्रो सधै भरि
हाशी हाशी कटोश जिबन तिम्रो काखमा यसै गरी
मिठो
दुख सुख जिन्दगीमा आउछ जान्छ बाराबारी
तिम्रो मुस्कान कायम रहोश सधाबाहार फुल स-री । ।
मिठो
स्वर्ग जस्तो सानो संसार तिम्रो मेरो ओरिपरी
यही जु-नी सफल हुन्छ लाग्छ मलाई घरि घरि । ।
मिठो
तिमी खुशी रहे मेरो जिबन हुन्छ हारा हरि
पाईतालाले दुख मेटी दिन्छु सधै सरास-री । ।
"खलानको मान्छे"

Mittwoch, 19. Februar 2014

मुटु जले पक्षी

मुटु जले पक्षी 
धुवा उठे पछी
गाह्रो हुन्छ जिउन 
बदनाम भय पछी 
बैश मात्तियछ 
पिजडा छुटे पछी 
हाम्मे पर्यो मलाई 
आशु झरे पछी 
याद बड्छ किन ?
धोखा पाय पछी 
मुटु जले पछी 
के हो माया जिन्दगीको 
गूडियाको खेल 
प्रिती छुटे पछी 
थाहा पाय मैले 
जुन उनी आकाशको 
धुलो भय पछी ।। 
"खलानको मान्छे"



आफ्नै घर मा आगो लाग्दा नेपालीले थाहा पयन्न ।

आफ्नै घर मा आगो लाग्दा नेपालीले थाहा पयन्न । 
देश लुट्ने लुटेराको छल हरु बुझ्नै सकेनन ।। 
धर्म बिक्छ डलरमा देश बेच्ने चिन्न सकेनन 
भाई भाई कटामार रगत आफ्नो भन्न सकेनन 
कस्का निम्ती बिरको जात नझुके को सिर झुक्यो 
छल कपट गर्ने नेता खोजी खोजी दग्न सकेनन 
बिदेशको गल्ली भरी पसिना बेच्ने युवा 
फर्क अब आमाको पुकार तिमीले सुन्यौ सुनेनौ 
आफ्नै घरमा ......,.
"खलानको मान्छे"


बदनाम यो सडक मा तिम्रो छायाँ कसरी

बदनाम यो सडक मा तिम्रो छायाँ कसरी 
भेटिन्छ  हर जमघट मा मदिरा यो जसरी ।। 
रुपाशी त्यो मुहारले झुक्कायो होला कतिलाई 
लुटियर सधैं खोज्छन तिम्रै मायाँ बेशरी ।। 
तिम्रो चन्द्र कलामा झुम्दै बितेका ति रात 
पछुताउदै  छन कती झिस्मिशे मा यसरी ।। 
मनमा कालो पाली हशिलो मुहार बनाउदै 
लाख झुट बोल्छन देब भाखी भय सरी ।। 
बदनाम यो सडकमा ईमान कस्को छ 
फुलमा पनि काँडा फुल ले रेट्छ कसरी ।। 
"खलानको मान्छे " 

आजकाल उनी तिज मनाउदिनन

आजकाल उनी तिज मनाउदिनन 
स्वस्थानी कथा सुन्दिनन 
शिव रात्री पूजा गर्दिनन 
जन्माष्टमी मनाउदिन 
तर खैके भ्यालेन टिन डे मनाउछिन 
रातो टिका लगाइदिनुको साटो 
रातो गुलाब मग्छिन 
मेरी प्रियसी !
तिमीलाई सनातन प्रेमी र 
प्रेम दिबश हरुको ससत्व सत्ते बताउछु 
प्रक्रिती र पुरुष को मिलन योग 
स्वयम श्रीस्टी को अंकुर फुटेको दिन 
विश्व ब्रमान्ड तारा र नछेत्र बनेको समय 
पुरुष मात्रा थिय आँफै मा अशिम 
अशिम पुरुष स्वयम प्रकृतिको बश मा 
बस्न चाहे अनी ग्रह र सौरे मन्डल बनाय 
त्यो सासत्व दिन माहा शिव रात्री को रुपामा मनाउछौ 
मेरो प्राण 
समय युगको चेतनामा 
युगल अचुत किशोरी आय 
मानब लाई बेद र स्वह्र पुराण को सार सिकाउन 
जन्म र मुक्ती को चक्र पार लगाउन 
यो मायाबी भव 
संम्पुण चराचर जगत लाई प्रेम सिकाउन 
तिनै अचुत बिन्द्राबन मा प्रेम निर्त्य गरेको दिन 
सनातन प्रेम उत्सब को रुपमा मनाईन्छ 
सोह्र हजार गोपिनिमा सम्पूर्ण राधा देखी 
किशोरी जि मा समर्पित भयको दिन 
"खलानको मान्छे"

Freitag, 7. Februar 2014

श्वोर पनी देखे मैले धर्म भिरु भेटे


ईश्वोर पनी देखे मैले धर्म भिरु भेटे 
मान्छे मान्छे बिच यहाँ ठुलो खडल भेटे ।। 
हावा एउटै,घाम एउटै,एउटै धर्ती भित्र 
सिमा पिछे भाषा फरक फरक देउता भेटे ।। 
रगत उस्तै पिडा अनी सुख दु:ख 
उस्तै आँखा द्रिश्य फरक बिचार  फरक भेटे ।। 
एउटै ईश्वोर सगुण निर्गुण प्राणी हरु सँगै 
ईश्वोर लाई किन्ने बेच्ने मान्छे हरु भेटे ।। 
धर्ती एकै स्वर्गलोक ज्ञानी सत्त पुरुशको 
घर भित्रै लाखौं धाम बाबु आमा भेटे 
"खलान को मान्छे "