बदनाम यो सडक मा तिम्रो छायाँ कसरी
भेटिन्छ हर जमघट मा मदिरा यो जसरी ।।
रुपाशी त्यो मुहारले झुक्कायो होला कतिलाई
लुटियर सधैं खोज्छन तिम्रै मायाँ बेशरी ।।
तिम्रो चन्द्र कलामा झुम्दै बितेका ति रात
पछुताउदै छन कती झिस्मिशे मा यसरी ।।
मनमा कालो पाली हशिलो मुहार बनाउदै
लाख झुट बोल्छन देब भाखी भय सरी ।।
बदनाम यो सडकमा ईमान कस्को छ
फुलमा पनि काँडा फुल ले रेट्छ कसरी ।।
"खलानको मान्छे "

Keine Kommentare:
Kommentar veröffentlichen