ईश्वोर पनी देखे मैले धर्म भिरु भेटे
मान्छे मान्छे बिच यहाँ ठुलो खडल भेटे ।।
हावा एउटै,घाम एउटै,एउटै धर्ती भित्र
सिमा पिछे भाषा फरक फरक देउता भेटे ।।
रगत उस्तै पिडा अनी सुख दु:ख
उस्तै आँखा द्रिश्य फरक बिचार फरक भेटे ।।
एउटै ईश्वोर सगुण निर्गुण प्राणी हरु सँगै
ईश्वोर लाई किन्ने बेच्ने मान्छे हरु भेटे ।।
धर्ती एकै स्वर्गलोक ज्ञानी सत्त पुरुशको
घर भित्रै लाखौं धाम बाबु आमा भेटे
"खलान को मान्छे "
Keine Kommentare:
Kommentar veröffentlichen