अब कहिल्लेइ नरोइदेउ है आज रोय पछी
लालि चाडयो छितिजमा पराय सुईकारे पछी
निशब्द आशु बगाई अब नाघिदेउ प्यारको संसार
गुनसो मेरो सुन्दिनौ कतैइ आज बिदाइ पछी
नखोज्नु कहिपनि मलाई नसोधनु घाम जुन लाई
आराध ना स्वामिकै गरे यो अग्नी साछी पछी
नवहकिदेउ अब सम्झना का कुइनेटो पल्टाइ
तिमी मात्र अब कहिल्लेइ नरोइदेउ है आज रोय पछी
लालि चाडयो छितिजमा पराय सुईकारे पछी
निशब्द आशु बगाई अब नाघिदेउ प्यारको संसार
गुनसो मेरो सुन्दिनौ कतैइ आज बिदाइ पछी
नखोज्नु कहिपनि मलाई नसोधनु घाम जुन लाई
आराध ना स्वामिकै गरे यो अग्नी साछी पछी
नवहकिदेउ अब सम्झना का कुइनेटो पल्टाइ
तिमी मात्र मेरो अराद्धे हुन्छौ बिदा ई पछी
- अशोक " खलान को मान्छे हुन्छौ बिदा ई पछी
- अशोक " खलान को मान्छे
Freitag, 30. Januar 2009
Freitag, 9. Januar 2009
सेनालाई जिस्क्याउँदा के होला
सेनालाई जिस्क्याउँदा के होला ?
युवराज गौतम
५ जनवरी
काठमाडौं
नेपाली सेना नामर्द, पामर, हुतिहारा, दास र अवसरवादीहरूको बथान होइन भने उसले आफनो इतिहास कलंकित हुन दिने छैन। जो आए पनि सलाम गरेर जागिर खाने हो भने चार सय ५० वर्ष पुरानो सौर्यमय इतिहास, परम्परा र मूल्य मान्यतालाई रद्दीको टोकरीमा मिल्काएर सेनाले आत्मसमर्पण गरे हुन्छ। सेनाको सतीत्व र अस्तित्व सेनाबाहेक कसैले जोगाउन सत्तै्कन। यो कुरा नेपाली सेनाले अवश्य आत्मसात गरेको हुनुपर्छ।
नेपाल एकीकरण हुनुभन्दा पहिले किराँत, लिच्छवी र मल्लकालमा पनि सेना अस्तित्वमा थियो, पृथक् रूपमा। आधुनिक नेपाल निर्माणपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट नेपाली सेनालाई अभूतपूर्व प्रोत्साहन प्राप्त भएको इतिहासकारको भनाइ छ।
आज प्रधानसेनापति रुक्मांगद कटवाल जुन दायित्व, गरिमा र महिमाको पदमा छन्, त्यो पद र समग्र नेपाली सेनाको इतिहास जोगाउन उनले कठोर कदम चाल्नुपर्ने बेला आएको छ। यदि त्यसो गर्न सकेनन् भने इतिहासका नजरमा उनी अयोग्यमात्र होइन, अवसरवादी ठहरिनेछन्।कटवाल महोदयले सम्हालेको पद कुनैबेला काजी कालु पाँडे, वंशराज पाँडे, दामोदर पाँडे, काजी अभिमानसिंह बस्नेत र भीमसेन थापाजस्ता वीरहरूले सम्हालेका थिए। ढुंगो पट्ट फुट्छ, तर नुहिदैन भनेझैं ती वीर पुरुषहरूले सेनाको इज्जत, इमान, गरिमा र इतिहाससँग कहिल्यै खेलाँची गरेनन्। काजी रणजंग पाँडे, माथवरसिंह थापा, जंगबहादुर राणादेखि चन्द्रशमशेरलगायतका कसैले पनि सेनालाई झुक्न बाध्य पारेनन्। प्रधानसेनापति सेनाको टाउको हो। ऊ झुक्यो भने समग्र सेना लज्जित बन्न पुग्छ।
सेना लज्जित, अपमानित, धराशयी र मूर्दातुल्य भयो भने राष्ट्रको शिर कसरी ठाडो हुन्छ? जनताको मनोबल कसरी उठ्छ? इतिहास कसरी सुरक्षित हुन्छ? माओवादीले विगतमा हजारौं जनताको हत्या गरे। सयौं सैनिक र हजारौं प्रहरी मारे। तर सेनालाई जित्न सकेनन्। झुक्याएर मार्नु र लडाइँ जित्नु बेग्लै कुरा हो।
जन्मजात भारतविरोधी भनिएका माओवादीलाई 'इस्तेमाल' गर्न भारतले माओवादीलाई पैसा, तालिम र हतियार दिएर उकास्यो। शरण दियो। नेपालविरुद्ध भाडाका सेना (मसिनरी) बनेर माओवादीले नेपाललाई ध्वस्त पारे। हजारौं स्कुल, कार्यालय, टेलिफोन टावर, पुल, बाटो, विद्युत् केन्द्र ध्वस्त पारे। आज नेपालीले अँध्यारोमा बस्नुको प्रमुख कारण कथित जनयुद्ध नै हो। करोडौं जनताको रगत पसिनाले सिर्जना गरिएका अर्बौं रुपैयाँका विकास आयोजनाहरू ध्वस्त पार्ने भष्मासुर प्रवृत्तिलाई 'जनयुद्ध' भन्नु जनताको अपमानमात्रै हो। माओवादीले गरेका हरेक कुरामा जनतालाई मुछ्ने गरिन्छ। के त्यसो भए माओवादीले बाटोमा दिसा गर्दा त्यो 'जनदिसा' हुन्छ? माओवादीले मुक्का हान्दा त्यो 'जनमुक्का' हुन्छ? माओवादीले बलात्कार गर्दा त्यो 'जनबलात्कार' हुन्छ? माओवादीले गरेको हत्या 'जनहत्या' हुन्छ? आफैंले मुद्दा लगाएर आफैंले फैसला गर्ने 'जनअदालत' र आफैंले बनाएको टीके सरकारलाई 'जनसरकार' भन्ने माओवादीले पशुपतिनाथलाई 'जनमहादेव' बनाएका छन् भने नेपाली सेनालाई 'जनसेना' बनाउने दाउमा छन्। बलात्कारको सशक्त जवाफ दिने वा बलात्कारमै आनन्द मान्ने कुरा अब सेनाको नेतृत्वमा भर पर्छ। सेनालाई पटक–पटक जिस्क्याइरहेको माओवादीलाई सेनाले जवाफ दिन सकेन भने एक लाखको हाराहारीमा रहेको नेपाली सेना इतिहासमै पहिलोपल्ट लज्जित हुनेछ। सेनाले हाराकिरी गरे हुन्छ।
टर्की र पाकिस्तानलगायतका धेरै देशमा विदेशपरस्त सरकारको आदेश नमान्दा सरकार तथा सेनाबीच तनाव उत्पन्न भएका उदाहरणहरू छन्। भ्रष्ट र कर्तव्यच्यूत सरकारलाई सेनाले पाठ सिकायो– थाइल्यान्डमा। जनमत पाएको भन्दैमा माओवादी नेतृत्वको वर्तमान सरकारले राष्ट्र, सेना, धर्म, परम्परा, संस्कृति सबैथोक बिथोल्न पाउँदैन। तर सेना टुलुटुलु हेरेर बसिरह्यो भने माओवादीले चाहेको तानाशाही शासन त्यत्ति टाढा पनि छैन। किनभने सेनाले बाहेक कसैले उसलाई रोक्न सत्तै्कन।
माओवादीलाई भारतबाट काँधमा हालेर ल्याउने दलहरू 'ठूला' भनाउँदा सञ्चारगृह, कथित नागरिक समाज र डलरजीवीहरू अहिले माओवादी त भष्मासुर पो रहेछ भन्न थालेका छन्। माओवादीले प्रजातन्त्र बलियो पारिदिन्छ र नयाँ नेपाल बनाइदिन्छ भन्दै बुर्कुसी मार्नेहरू पश्चाताप गर्न थालेका छन्।
सेना, प्रेस, टाठाबाठा र सचेत जनतालाई पेल्न सकियो भने एमालेजस्तो अवसरवादी, पदमुखी र दुई जिब्रे पार्टीलाई मात्र होइन, कांग्रेसजस्तो सिद्धान्तहीन दललाई समेत तह लगाउन सकिन्छ भन्ने माओवादीले ठानेका छन्। महँगी, भ्रष्टाचार, अन्धकार, असुरक्षा र अराजकता हेरेर बसिरहेका जनता सिरक ओडेर गुनासो गर्न सक्छन्, तर सडकमा उत्रिन कुनै दूतावासले नै आदेश दिनुपर्छ। यो अवस्था रहुञ्जेल कसरी हुन्छ परिवर्तन?
गौतम गोरखापत्रका पूर्व सम्पादक हुन् ।
य गौतम जि तपाईं को लेख पढेर म लाई एउटा प्रश्न गर्न मन लाग्यो तपाईं कुन धरातल म बसेर लेक्दै हो ? देको परिस्थिती त बुज्नु बयको छ नि ? क् माओवादी ले मात्रै हो मन्छे मरेको ? राजा बदी सोल्ती.....
rambabu|09-Jan-2009 03:18:47
www.nepalbritan.com

Sonntag, 4. Januar 2009
पुजारी नियुक्तिमा राजनीतिकरण नगर्न ज्ञानेन्द्रको आग्रह

हिन्दु धार्मीक परम्पराहरुमा शाह राजाहरूले विशेष अभिरुचि देखाउने गरेको ईतिहास छ
पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको मन्दिरमा मूलपुजारी नियुक्त गर्ने प्रक्रियामा राजनीतिकरण नगर्न आग्रह गरेका छन्।
शनिवार महाराजगन्जस्थित आफ्नो निजी निवासमा केही पत्रकारहरुसँग अनौपचारिक भेटका क्रममा पूर्वराजाले पशुपतिनाथको मन्दिरमा हालै भएको नेपाली पुजारीहरुको नियुक्तिप्रति चिन्ता व्यक्त गरेको सहभागी पत्रकारहरुले बताएका छन्।
विवादित विषयमा पूर्व राजाले मुख खोलेको संभवत: यो पहिलो पटक हो।
पूर्वराजाले पशुपतिनाथको मन्दिरमा सदियौंदेखि चलिआएको रीतिथितिको संरक्षण गर्दै देशमा भाईचारा कायम राख्नुपर्नेमा जोडदिएका बताइएको छ।
हालै नेकपा माओवादीद्वारा पुनर्गठित पशुपति क्षेत्र विकास कोषले पशुपतिको मन्दिरमा रहेका तीनजना भारतीय मूलका भट्टहरुले दिएको राजीनामा स्वीकृत गरी दुईजना नेपाली ब्राम्हणलाई मूल पुजारी नियुक्त गरेको थियो।
तर पशुपतिनाथको पूजाआजामा खटिने स्थानीय भण्डारीदेखि मन्दिरसंग निकट ब्राम्हण, हिन्दु सम्प्रदायहरु तथा कतिपय भक्तजनहरुले मूल पुजारी जस्तो पदमा राजनीतिक नियुक्ति भएको भन्दै खरो विरोध गरेका थिए।
सरकारको उक्त निर्णय विरुद्ध परेको एक रीट निवेदनमा सुनुवाईपछि सर्बोच्च अदालतले गत बिहीवार पुरानै रीतिअनुसार पूजा गराउन अन्तरिम आदेश जारी गरेको थियो।
तर कोषले उक्त आदेश प्राप्त भैनसकेको भन्दै नवनियुक्त पुजारीहरुबाटै पूजा गराउने काम जारी राखेको छ।
दक्षिण भारतबाट झिकाइएका पशुपतिका मूलभट्ट र पुजारीहरुले २५० वर्षदेखि पशुपतिनाथमा मूल पुजारीका पूजाआजा गर्दै आएका थिए।
भाजपाको चिन्ता
यसैबीच भारतको मूख्य विपक्षी दल भारतीय जनता पार्टीले माओवादी नेतृत्वको सरकारले पशुपतिनाथका भारतीय पुजारीहरुलाई जवर्जस्ती हटाएको भन्दै चिन्ता व्यक्त गरेको छ।
उक्त विषयमा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले राष्ट्रपति रामवरण यादव तथा प्रधानमन्त्री प्रचण्डसंग टेलिफोनमा कुराकानी गरेको पार्टीद्वारा शनिवार लखनउमा जारी गरिएको एक वक्तव्यमा जनाइएको छ।
अध्यक्ष सिंहले सो घटनाकालागि माओवादीहरुमाथि दोष लगाउँदै त्यसबाट पशुपतिनाथ मन्दिरको सदियौं पुरानो परम्परामा आघात पुग्नुका साथै भारत र नेपालबीच कायम सांस्कृतिक सम्बन्धलाई अवमूल्यन गर्न खोजिएको आरोप पनि लगाएका छन्।
भाजपा भारतमा हिन्दुवादी राजनीतिको प्रतिनिधिमूलक पार्टीका रुपमा परिचित छ।
सिंहको वक्तव्यबारे नेपाली अधिकारीहरुको प्रतिकृया आइसकेको छैन।
ताजा समाचार

पूर्वी तराईमा शान्तिको सन्देश पु-याउन सडक नाटक
तमलोपाद्वारा सडक आन्दोलनको घोषणा
पशुपतिनाथ मन्दिरमा नयाँ पुजारीबाटै पूजा
posted by bbc.com

Samstag, 3. Januar 2009
राम्रो होइन हाम्रो मान्छे
जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ
तिश बर्से 16 बर्से 104 लाई जित्नु पर्छ
जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ
जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ
दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा
अझै पनि सुधखोर् को नाममा लुटि खानु पर्छ
बुर्जुवा साम्सद् भैइयो रम्रो किन् हुनुपर्छ
जताततै एउटै लेवल् हाम्रो भर्न डत्नु पर्छ
कठिन् बाटो जङगल को पार गरी सकी हालिउ
सपनले चुल्याएए र हाम्रो पक्ष पारी हालिउ
जतातत्तै हाम्रो हाम्रो हाम्रो राम्रो सपनायो
छलाङ मार्ने भ्याकुतको कुवाभित्र को सपना हो
कस्ले शोध्छ हामीलाई कस्ले शोध्नी हिम्मत छ
तर्क राम्रो हाम्रो´नै छ राश्टि°य निती किन बनाउनु पर्छ
हाम्रो कुरा नमान्ने लाई हाम्रो दलाल अजै भन्नु पर्छ
हाम्रो कुरा नमान्ने लाई दलाल अजै भन्नु पर्छ
हामी झुकी चुकेको चै ढाकछोप् गर्नु पर्छ
किन नबाड्ने सपना यो सपनैत सुन्दर् हुन्छ
कर्म का दिन् हो रे भर्न सक्नु पर्छ्
चैते कैतै बैशाके सबै हाम्रो हुनु पर्छ
जे मन् लाग्छ गर बाबु हम्रो लेवेल् टास्नु पर्छ्
हाम्रो हातमा शर्बशत्ता यो मात् मा रङनु छ
कस्ले बिरोद गर्छ हेर कस्को दुस्शाहाश यहा
हाम्रो राम्रो ,राम्रो हाम्रो नभय पनि भन्नु पर्छ
- अशोक '' खालान को मान्छे ''
फ्रान्क्फर्ट जर्मनी

Abonnieren
Kommentare (Atom)