बाल पन को याद आउछ
पाटेचौर को याद आउछ
लुकामारी खेल्ने ढडेन
ढुङ्गा ढ्वान्द्रो याद आउछ
सतिपिपल नाङलेपानी,लिखेपानी घुम्दै पुग्थेउ
साझ पख गोधुलिमा लसुने पाखा पुग्थेउ
जङली फल खल्लु खान रानी बन चार्दै हिड्थेउ
कटुसको देउली खोज्न आम डाडा सम्म पुग्थेउ
दसैं घर को याद आउछ
गोरख काली याद आउछ
सिता पाईला कुहिरे भिर
दौडीयको याद आउछ
डन्डीबियो खेल्थेउ मिली
गिर लुकामारी पनि
झगडीदै मिल्थेउ छेद्मै
बाल पन मा हामी पनि
उनको याद धेरै आउछ
ठुलो आगन को याद आउछ
सँग सँगै पढ्न जाँदा
नसकिने कुरा गर्थेउ
"खलानको मान्छे"
Keine Kommentare:
Kommentar veröffentlichen